काठमाडौं । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । उनले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
प्रतियोगिताको फाइनल आगामी १० गते हुने छ । कार्की नेपाली कलासंस्कृतिसहित प्रतियोगितामा सहभागी हुन लागेका हुन् । प्रतियोगिताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।
उनले मिस्टर नेपाल २०२३ को उपाधि प्राप्त गरेका थिए ।