काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक हुने तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनको भनाइ छ ।
सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको उनले टिप्पणी गरेका छन् । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता लाई कुण्ठित गर्ने देखिएको उनले आरोप लगाएका छन् । थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् ।