काठमाडौं । सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै आजैदेखि बन्द गर्न लागिएको हो ।
आज प्राविधिक काम सकेर बन्द गरिने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्राविधिक काम सक्न एक/डेढ घण्टा लाग्ने र काम सकिएलगत्तै बन्द हुने उनले बताए ।