काठमाडौं । रिबन इन्भेस्टमेन्टले काठमाडौंमा आयोजना गरेको मिसेस् नेपाल वर्ल्ड २०२३ को उपाधि पृथिभिया थापाले पाएकी छन् ।
कार्यक्रममा मिसेस् नेपाल इन्टर्नेस्नल को उपाधि भने सीता सुवेदीले र सृजना केसीले पाउन सफल भएकी छन् ।
त्यस्तै फर्स्ट रनर अप ऐना गजुरेलले पाइन् भने, सेकेन्ड रनर अप निशा बिस्ट, थर्ड रनर अप सरु राज्यलक्ष्मी राणाले हात पार्न सफल भएकी छन् । विजेताले मिसेस् वर्ल्डमा नेपालबाट प्रतिस्पर्धा गर्नेछिन् ।