चलचित्र ‘अन्जिला’को छायांकन सुरु

रंग नेपाल २०८० कार्तिक १४ मा प्रकाशित

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायांकन सुरु भएको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायांकन सुरु भएको हो ।

इलाम, झापा र काठमाडौंमा यस चलचित्रको छायांकन हुने छ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायांकन सुरु भएको हो ।

चलचित्रमा एन्जिला स्वयम्को मुख्य भूमिका रहने छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय रहने छ । प्रदीप भारद्वाज र यम थापाको लेखन रहने चलचित्रको पटकथामा मुख्य सहायक निर्देशक गिरीराज घिमिरेले साथ दिनेछन् ।

सुदीप बरालको डिओपी रहने चलचित्रको सम्पादन मिलन श्रेष्ठको रहने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट