मुम्बइ । अक्षय कुमारको ‘मिशन रानीगञ्ज द ग्रेट भारत रेस्क्यू’ र भूमि पेडनेकरको ‘थ्याङ्क यू फर कमिङ’ अक्टोबर ६ मा सिनेमाघरमा एकैसाथ रिलिज भएका थिए।
यो फिल्म सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म थियो र यसको रिलिजलाई लिएर फ्यानहरु निकै उत्साहित थिए तर अहिले ‘मिशन रानीगञ्ज’ र ‘थ्याङ्क यु फर कमिङ’ हलमा पुगेपछि यी दुवै चलचित्रले पहिलो दिन बक्स अफिसमा खासै प्रतिक्रिया पाउन सकेनन । पहिलो दिनको प्रदर्शन निकै कमजोर रहेको बताइएको छ ।
‘मिशन रानीगञ्ज’ वास्तविक जीवनका नायक जसवंत गिलको कथा हो । फिल्ममा अक्षय कुमारले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्म पश्चिम बंगालको रानीगञ्जमा रहेको कोइला खानीमा ६५ जना कामदार फसेको वास्तविक घटनामा आधारित छ । अक्षय कुमार स्टारर चरित्र जसवंत सिंह गिलले सबै ६५ खानीमा रहेका कामदारहरूको जीवन बचाउँछ । यस घटनापछि जसवंत सिंह गिललाई ‘क्याप्सुल गिल’ भनेर चिनिन थाल्यो ।
यो चलचित्रलाई लिएर धेरै अपेक्षा गरिएको थियो तर रिलिजको पहिलो दिन दर्शकलाई हलमा आकर्षित गर्न सकेन । अब ‘मिशन रानीगञ्ज’को रिलिजको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार ‘मिशन रानीगञ्ज’ ले पहिलो दिनमा जम्मा २.८ करोड रुपैयाँ कमाएको छ ।