काठमाडौं । वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् ।
काठमाडौं आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनी गायन क्षेत्रमा लागेकी थिइन् ।