काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘इजोरिया’ पढ्न सुरू गरेका छन् ।
मदन पुरस्कारको सूचीमा रहेको इजोरिया पढिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले पुस्तक पढ्न थालेको जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्राप्त सुझावहरूकै आधारमा आफूले इजोरिया पढ्न सुरु गरेको उनले बताएका छन् । सरसर्ती हेर्दा इजोरियामा युवाले मन पराउने भाषाशैली रहेको उनले उल्लेख गरेका छन् ।