काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताएकी छन् ।
बिहीबार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै उनले यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू विरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताइन् । उनले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताइन् ।
उनले आफू भन्दा पनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताइन् । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताइन् । उनले एक जना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताइन् ।
मानन्धरले पछिल्लो समय सामाजिक सञ्जाल अनसिन प्लेटफर्म ठानेर सबै तीतो पोख्ने गरिएको बताइन् । उनले हामीले यसलाई कानूनी मात्रै नभएर रोगी समाज निर्माण गरिरहेको बताउँदै साइबर क्राइम नियन्त्रण गर्न कानून मात्रै पर्याप्त नभएको बताइन् ।
उनले सामाजिक सञ्चाल दुरुपयोग गर्नेहरुलाई साइबर सम्बन्धि अभिमुखिकरण गर्नुपर्ने बताइन् । सार्वजनिक स्थानमा दुई तीन वटा मिडिया ल्याएर मानिसहरुलाई ह्यारेसमेन्ट हुने गरेको बताइन् । उनले जथाभावि लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नु पर्ने बताइन् । पत्रकारले समाजलाई संस्कार सिकाउनुपर्ने भन्दै अरुलाई बाटो देखाउनु पर्ने बताइन् ।