सारुक आत्महत्या प्रकरणमा नम्रताले स्पष्टीकरण दिनुपर्छ: स्वस्तिमा

रंग नेपाल २०८० भदौ ४ मा प्रकाशित

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सारुक ताम्राकारको आत्महत्याबारे अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् ।

स्वस्तिमाले प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा सारुकको आत्महत्या बारे नम्रताले मिडियामा आएर भन्दा पनि सारुकको आमा-बुबालाई भेटेर वास्तविकता के हो त्यो बताउनु पर्ने धारणा राखेकी हुन् ।

स्वस्तिमाले भनेकी छन्- ‘नम्रता श्रेष्ठसँग जोडिएका कुरा सुन्दा ‘सक्ड’ भएकी थिएँ । जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ । कति कुराहरु मिडियामा नआएको पनि छ । यसैले उहाँले स्पष्टीकरण दिनैपर्छ ।’

उनले भनेकी छन्- ‘मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो । त्योभन्दा बाहेक अरु केही छैन,’ उनी भन्छिन्, ‘उहाँले स्पष्टीकरण चाहिँ दिनुपर्छ । मिडियामा आएर पर्दैन तर सारुकको आमा-बुबालाई भेटेर के भएको हो त्यो चाहिँ भन्नुपर्छ । कमसेकम सारुकको आमा-बुबालाई मन बुझाउने बाटो हुन्छ ।’

धेरै पढिएका

पछिल्ला अपडेट