मुम्बइ । इमरान हाश्मी बलिउड फिल्महरूमा ‘सिरियल किसर’ र सामान्य किसिङ दृश्यहरू ट्याग पाउने पहिलो अभिनेता हुन् । तर यसअघि पर्दामा चुम्बन दृश्यलाई ठूलो वर्जित मानिन्थ्यो र स्टारहरूले पनि यस्ता दृश्यहरू दिन हिचकिचाउँथे तर सन् १९९७ मा आएको फिल्म ‘राजा हिन्दुस्तानी’मा करिश्मा कपूर र आमिर खानले चुम्बन दृश्य दिएर सबैको होश उड़ाएका थिए ।
यो बलिउड चलचित्रहरूमा खिचिएको सबैभन्दा लामो चुम्बन दृश्यहरू मध्ये एक हो, जुन एक मिनेटसम्म चलेको थियो । राजीव मसन्दसँगको एक अन्तर्वार्तामा, करिश्मा कपूरले आमिर खानसँगको आफ्नो चुम्बन दृश्यको बारेमा खुलेर बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘सबैले यो दृश्यको बारेमा कुरा गर्छन् कि यो यस्तो हो वा त्यो हो, तर हामीलाई थाहा छ कि यो दृश्य शूट गर्न निकै गाह्रो भएको थियो । ऊटीमा एकदम चिसो थियो र हामी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सुटिङ गर्थ्यौँ । यो दृश्य शूट गर्न हामीलाई तीन दिन लाग्यो र यसका लागि मैले र आमिरले ४७ चोटी रिटेक दिनुपर्यो भन्दा तपाईलाई विश्वास लाग्दैन । हाम्रो अवस्था यस्तो भइसकेको थियो कि यो दृश्य कहिले समाप्त हुन्छ भनेर बारम्बार सोधिरहेका हुन्थ्यौं ।’
धर्मेश दर्शनद्वारा निर्देशित, राजा हिन्दुस्तानी एउटा सानो सहरकी धनी केटी र गरिब ट्याक्सी चालकबीचको प्रेम कथा थियो ।