देश छोडेर भाग्ने तयारीमा अभिनेत्री नम्रता श्रेष्ठ

रंग नेपाल २०८० असार ३१ मा प्रकाशित

काठमाडौं । अभिनेता सारूक ताम्राकारको घटनापछि अभिनेत्री नम्रता श्रेष्ठ देश बाहिर जाने तयारीमा रहेकी बताइएको छ ।

नम्रता सारूकसँगै चलचित्र ‘ह्यासट्याग’ मायामा काम गर्दै आएकी थिइन् । सारूकको घटनापछि अहिले उनी गुमनाम छिन् । उनीहरू चलचित्रकै लागि महिनौदेखि एकै घरमा बस्दै आएका थिए । शारूकको घटना घट्नुअघि राति नम्रता र शारूक र नम्रताबीच झगडा भएको सँगै बसेकाहरूले बताएका छन् ।

यस्तै यस घटनामा धार्मिक आस्थाका कुरा पनि जोडिएका छन् । नम्रताले शारूकलाई मसानघाट लानेदेखि कालो बोका काटेर मासु खुवाएको घटनाले झनै यो प्रकरणमा सबैको चासो बढिरहेको छ । घटना नम्रतासँग प्रत्यक्ष जोडिएको अहिलेसम्म नदेखिएपनि सबैको आशंका भने उनी तिरै छ ।

त्यसमाथि घटना भएको यत्रो दिन हुँदा पनि नम्रताले एक शब्द पनि केही नबोल्नुले पनि घटना शंकास्पद देखिन्छ । केही घण्टा अगाडिसम्म सँगै काम गरिरहेको, महिनौँदेखि एकै घरमा बसेको खाएको मान्छेको यति ठूलो घटना हुँदा पनि नम्रता एक शब्द पनि नबोल्नु अस्वाभाविक पनि देखिन्छ । अहिलेसम्म उनले शारूकलाई श्रद्वाञ्जलीसमेत दिएकी छैनन् ।

उसो त शारूक र नम्रताबीच प्रेम सम्बन्ध रहेको पनि कतिपयले बताउँदै आएका छन् । जसले गर्दा उनी शंकाको घेरामा छिन् । सबैले उनीमाथि शंका गरिरहँदा भने उनी नेपाल छोड्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

उनी बिना जानकारी क्यानडा भाग्न लागेकी हुन् । उनी भारत हुँदै क्यानडा जाने तयारीमा रहेकी बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट