काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी गेम रोक्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जीले बालबालिकालाई पागल जस्तै बनाएको भन्दै बन्द गर्न माग गरेका हुन् ।
आज पब्जी गेम तुरून्त बन्द गरियोस् । आज हाम्रो बालबालिका ठोक-ठोक मार-मार भन्दा भन्दै पागल जस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरून्तै बन्द गरियोस्,’ उनले भने ।