काठमाडौं । गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा शिव हमालको शब्द र सङ्गीत, आशिष अविरलको सहायक सङ्गीत र मिक्सिङ, मास्टरिङ छ ।
भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतीक गौतमलाई प्रस्तुत गरिएको छ ।
भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईंको सम्पादन, उत्सव दाहालको छायाङ्कन र विकास प्रसाईंको निर्देशन छ ।
भिडियो आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।