काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
शनिबार अपरान्ह मन्दिर पुगेर प्रचण्डले पूजा गरेका हुन् । केही दिनअघि भारत भ्रमणमा गएका प्रधानमन्त्रीले भारतको एक मन्दिरमा पूजा गरेपछि देशकै पशुपतिनाथमा नगएको तर भारतमा पुगेर पूजा गरेको भन्दै आलोचना भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद पनि पशुपति पुगेका थिए ।
प्रचण्डलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत गरेका थिए ।
प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए भने महादेव र शिवको पूजा समेत गरेका छन्।