नेवा: सुपरस्टार सिरपा जेठ २ मा

रंग नेपाल २०८० वैशाख २८ मा प्रकाशित

काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ हुने भएको छ ।

ग्लोबल नेवाः नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।

काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिने जनाइएको छ ।

प्रतियोगिताका लागि पाँच जना महिला जसमा हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी छिन् ।

यस्तै, पाँच जना पुरुष जसमा सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ गरी १० कलाकार छनोट गरिएको हो ।

विजेता महिला र पुरुषलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रमका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्य छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट