काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले फिल्ममा अभिनय गर्ने भएका छन् ।
पूर्व प्रदेशमन्त्री समेत रहेका उनले अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघ चाल’मा मुख्य भूमिका निर्वाह गर्न लागेका हुन् । यो फिल्मको दशैँअघि छायांकन पूरा गरिनेछ ।
यसै वर्षको अन्तिमसम्म यो फिल्म प्रदर्शनमा आउने छ । यो फिल्मको निर्देशन सम्राट बस्नेतले गर्दैछन् । फिल्ममा कथा, पटकथा र संवाद शिवम् अधिकारीको छ ।
फिल्मको अधिकांश छायांकन नेपालमा हुनेछ । मनाङेले पहिलो पटक फिल्ममा अभिनय गर्न लागेका हुन् ।