विवाह गर्न नमानेको भन्दै नर्सले डाक्टरको घरमा गरिन् आत्महत्या

रंग नेपाल २०८० वैशाख १७ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित बोहोराटारको एक घरमा युवतीले आत्महत्या गरेकी छिन् ।

एक अस्पतालमा कार्यरत नसै ३४ वर्षीया अनुमा श्रेष्ठले डाक्टर सुजन ढकालको बोहोराटारस्थित घरमै पुगेर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । तर, डाक्टर सुजनको परिवारले अनुमालाई अस्वीकार गरेपछि घरमै गएर आत्महत्या गरेकी हुन् ।

प्रहरी वृत्त बालाजुका अनुसार अनुमाले शनिवार अपराह्न ३ः५२ बजे सुजनको घरमा पुगेर आत्महत्या गरेकी हुन् । अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । स्टाफ नर्स अनुमा वीर अस्पतालमा कार्यरत थिइन् भने डाक्टर सुजन कान्ति बाल अस्पतालमा कार्यरत छन् । सोह्रखुट्टेमा कोठा लिएर बसेकी अनुमा बेला बेलामा सुजनको घरमै गएर बस्ने गरेकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुमाले लेखेको डायरीसमेत बरामद गरेको छ । जसमा उनले आफ्नो प्रेम सम्बन्धकाबारेमा लेखेकी छिन् । अनुमाको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरूत्साहन आरोपमा जाहेरी दिने तयारी गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट