फिल्म ‘आईबी ७१’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० वैशाख १२ मा प्रकाशित

एजेन्सी । अभिनेता अनुपम खेरको फिल्ल ‘आईबी ७१’ को ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्ममा अभिनेता विद्युत जामवाल र अनुपम खेर देखिनेछन् । यो फिल्मबाट विद्युत जामवाल निर्माताको रुपमा डेब्यु गर्दैछन् । सत्य घटनामा आधारित फिल्मको ट्रेलरमा सन् १९७१ को भारत-पाकिस्तान युद्धको बीचमा चलिरहेको प्रतिष्ठित मिसनसँग सम्बन्धित रहेर देखाइएको छ ।

१ मिनेट ३३ सेकेण्ड लामो ट्रेलरका अनुपम, विद्युत र विशाल जेठवा मुख्य भुमिकामा देखिएका छन् । आफ्नो सामाजिक सञ्जालमा फिल्मको टिजर सेयर गर्दै विद्युतले लेखेका छन्– ‘३० एजेन्ट, १० दिन र १ टप सेक्रेट मिसन जुन विगत ५० वर्षदेखि लुकाइएको थियो ।’

यो एक स्पाइ एक्शन थ्रिलर फिल्म हो । राष्ट्रिय पुरस्कार विजेता संकल्प रेड्डी फिल्मका निर्देशक हुन् । फिल्मलाई गुलशन कुमार र विद्युतको एक्सन हिरो फिल्म्सले निर्माण गरेको छ । टि- सिरिज फिल्म्स र रिलायन्स इन्टरटेनमेन्टले फिल्म प्रस्तुत गरेका छन् । फिल्मको कथा आदित्य शास्त्रीले लेखेका हुन् भने पटकथा स्टोरीहाउस फिल्म्स एलएलपीले लेखेका हुन् । यो फिल्म मे १२ बाट हलहरुमा रिलिज हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट