भारतीय अभिनेता अजितको चलचित्र ‘मिराई’को काठमाडौंमा छायांकन सुरु

रंग नेपाल २०८० वैशाख ५ मा प्रकाशित

काठमाडौं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायांकन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए ।

‘उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाकंन गर्ने तालिका तय भएको छ’, निर्माण नियन्त्रक जोशीले भने । यही चलचित्रको छायाकंनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आएका हुन् ।

चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ । विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायांकनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट