काठमाडौं । चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माताले प्रहरीमा उजुरी दिएका छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले साइबर ब्यूरोमा उजुरी दिएका हुन् । उनले फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम गरी ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिएका हुन् ।
दयाहाङ राई र मिरुना मगर स्टारर यो चलचित्रले आक्रमक कमाइ गरिरहेको छ । चलचित्रले दुई दिनमै चार करोडभन्दा धेरै कमाइ गरिसकेको छ ।
चलचित्रका दृश्यहरू टुक्रा टुक्रा पारेर टीकटक, फेसबुकमा अपलोड गरिएको छ । ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा आर्थिक नोक्सानी भएको भन्दै क्षतिपूर्तिसमेत माग गरिएको छ ।