सन्दीपविरूद्वको मुद्वाको सुनुवाइ स्थगित

रंग नेपाल २०७९ चैत २२ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्वाको सुनुवाइ आजका लागि स्थगित भएको छ ।

न्यायाधीश केशव घिमिरेको इजलासमा परेको पेशी समय अभावका कारण स्थगित भएको हो । यसअघि चैत १३ गते पनि सुनुवाइ स्थगित भएको थियो । तर, पेशी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

सन्दीपमाथि नाबालिका बलात्कारको आरोप लागेको छ । यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधिस माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपलाई गत कात्तिक १९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो ।

घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए । सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट