झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

रंग नेपाल २०७९ फागुन १८ मा प्रकाशित

काठमाडौं । कैलालीमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ ।  प्रहरीका अनुसार मृत्यु हुनेमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको रहेका छन् ।

कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र अनुसन्धान कार्य जारी रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट