काठमाडौं । अभिनेता पल शाह जेलमुक्त भएका छन् ।
नाबालिका बलात्कार आरोप लागेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएसँगै आज जेलमुक्त भएका हुन् । पल विगत एक वर्षदेखि तनहुँ कारागारमा रहँदै आएका थिए । पल अघिल्लो वर्ष आजकै दिन फागुन १५ गते पक्राउ परेका थिए । संयोगले उनी आजकै दिन रिहा भएका हुन् ।
पललाई स्वागत गर्न उनका सयौँ समर्थक तनहुँ कारागार बाहिर पुगेका थिए । उनका समर्थकहरुले शाहको पक्षमा नाराबाजीसमेत गरेका थिए ।