काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिनका लागि दबाब आएको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत आफूलाई मेयर पदबाट राजीनामा दिनका लागि दबाब आएको भन्दै यो देश कहिले नबन्ने बताएका हुन् ।
उनले लेखेका छन् ‘मेयर पदबाट मलाई आज राजिनामा दिन लगाउँदैछन् । यो देश कहिले पनि बन्दैन् ।’