मुम्बई । हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर । अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाई सही साबित हुँदै गरेको देखिएको छ । सोनामको पछिल्लो दुई फिल्म ‘द जोया फ्याक्टर(२०१९)’ र ‘एक लड्कीको देखा तो ऐसा लगा(२०१८)’ बक्सअफिसमा पूर्ण रुपमा असफल भयो ।
यही बीचमा सोनमले विवाह गरिन् र आमा बनिन् । यो तमाम कुराबीच उनले बलिउडमा धेरै समय दिन सकिनन् र त्यसैको परिणाम स्वरुप उनको आगामी फिल्म ‘ब्लाइण्ड’ किन्न कुनै पनि ओटीटी प्लेटफर्म तयार छैनन् । यो फिल्म कोरियन फिल्म ‘ब्लाइण्ड’को अफिसियल रिमेक हो ।
यो फिल्म सन् २०२२ मा रिलिज हुनुपर्ने थियो । तर कोरोनाका कारण बक्सअफिसको अवस्था नाजुक थियो । ठूला स्टारको फिल्म पनि असफल भएको बेला निर्माताले ‘ब्लाइण्ड’ रिलिजको जोखिम लिन चाहेनन् । त्यहीकारण उनीहरुले फिल्मलाई ओटीटीमा रिलिज गर्न चाहे । तर फिल्मका निर्माताले ४० करोडको माग गरेपछि कुनै पनि ओटीटीले त्यो पैसा दिन तत्परता देखाएका छैनन् । उनीहरुले यति धेरै रकम दिनु घाटासँग सम्झौता गर्नु भनेका छन् ।
ओटीटी प्लेटफर्महरुले बलिउडका महंगा फिल्मलाई सिधा ओटीटीमा रिलिज नगर्ने मनस्थिति बनाएका छन् । फिल्मको बक्सअफिसको व्यापार हेरेरमात्र ओटीटीको मूल्य तोक्ने उनीहरुको योजना छ । यद्यपि फिल्मका निर्माताहरु ‘ब्लाइण्ड’लाई थिएटरमा लगाउने या नलगाउने भन्ने विषयमा अन्योलमा छन् ।
सोनमको हातमा ‘ब्लाइण्ड’बाहेक कुनै पनि फिल्म छैन । ‘ब्लाइण्ड’ एक नेत्रहिन प्रहरी अधिकृतको कथा हो, जो एक सिरियल किलरको खोजीमा हुन्छ । एजेन्सी