काठमाडौं । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ ।
९२ वर्षीय पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
पौडेलले पछिल्लो पटक रिलिज भएको ‘ऐना झ्यालको पुतली’ सहित आमा,रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटोसहित थुप्रै फिल्ममा अभिनय गरेका थिए ।
६८ भन्दा बढी फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य हुन् ।
टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापन समेतमा उनको अभिनय छ ।