काठमाडौं । गायिका मेनुका राई र गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ ।
राईद्धयले ‘कुखुरे बैंसैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वर्गीय सुमनको शब्द तथा विक्रम राईको संगीत छ । सार्वजनिक गीतको भिडियोमा मेनुका र चन्द्र आफैँ फिचर भएका छन् ।