काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालबाट एक युवकले हाम फाल्दा घाइते भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा बस्ने २२ वर्षीय सुनिल रोकायाले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन् ।
मुटुको धड्कन बढेपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए । उनको शरिरका सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ । उनले किन अस्पतालबाट हाम फाले भन्ने खुल्न सकेको छैन् ।