‘तपाई हिन्दू कि मुसलमान’ प्रश्नले नाजिर हुसेनको मन दुख्यो
रंग नेपाल
२०७९ पुष १८ मा प्रकाशित

काठमाडौं । अभिनेता नाजिर हुसेनले आफूलाई ‘तपाई हिन्दू कि मुसलमान’ भनेर अनावश्यक प्रश्नहरुको सामना गर्नुपरेको बताएका छन् ।
नेपाली टोपी दिवसको शुभकामना दिँदै उनले आफू पनि यहिँ माटोको नेपाली रहेको बताउँदै देशको कुरा आउँदा अरुलाई जति दुख्छ आफूलाई पनि त्यति नै दुख्ने स्पष्ट पारेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै अभिनेता हुसेनले नागरिकतामा लेखिएको आफ्नो नाम देख्नेबित्तिकै विभिन्न अनावश्यक प्रश्नको सामना गर्नुपरेको दुःख व्यक्त गरेका छन् ।
अभिनेता हुसेनले भनेका छन्ः
मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम?
तपाई हिन्दू कि मुसलमान ?
ओहो, तपाई त तराईबाट आएको भएपनि
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ !
फ्याट्ट उत्तर दिन मन लाग्छ
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा ।
मान्छे बन्न खोज्दैछु
मान्छे बन्न दिनुस ।
सुन्नुस
म पनि यहि माटोको हो
मेरो शरीरमा पनि रगतनै हो बग्ने
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशीलाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ ।
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने
हाम्रो ढाका टोपी जस्तै
सबैको सोच र विचार अग्लियोस !
ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना