काठमाडौं । गायक कमल खत्री र उदीयमान गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् ।
आइतबार उनीहरूले परिवारको उपस्थितिमा रीतिरिवाज अनुसार विवाह गरेका हुन् ।
उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् ।