काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिँदा बरबर आँसु झार्दै विदा भएकी रामकुमारी झाँक्री टिकटकमा व्यस्त हुन थालेकी छन् ।
यसो त यस अघि पनि टिकटकमा आउने गरेकी झाँक्री मन्त्री पद खोसिएपछि टिकटकमा लाइभ आएकी छन् ।
लाइभमा उनलाई विभिन्न किसिमका प्रश्नहरु सोधिएका थिए । तिनै प्रश्नका जवाफ दिँदै उनी राती अबेरसम्म पनि लाइभ रहेकी थिइन् ।
आरके दिदि नामक आइडीबाट उनी लाइभ आएकी थिइन् भने उनले आफ्ना भिडियोहरु पनि पोस्ट गर्छिन् ।