काठमाडौँ । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश जारी गरेको छ ।
सर्वोच्च आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फ कैदीबन्दीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौँ स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा यस्तो आदेश जारी भएको हो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश दिएको हो ।