प्रेमराजा, दीपक र डब्बुले ल्याए ‘भन्देउन धरतीमाई…’

रंग नेपाल २०८० असोज १० मा प्रकाशित

काठमाडौं, ९ असोज । सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजयी गीतहरू बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ बजारमा ल्याएका छन् ।

उनले यो गीतको भिडिओलाई आफ्नै अफिसियल युट्युव च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका छन् । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन् ।

भन्देउन धरतीमाई…को भिडिओ निर्माता कविता देवी महत हुन् । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्‍याउने संगीतकार दीपक शर्माले बताए ।

गीतको भिडिओ स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ । गीतको भिडिओमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो भिडिओमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट