भ्वाइस अफ नेपालबाट बाहिरिए प्रविशा र राजु

रंग नेपाल २०८० भदौ २८ मा प्रकाशित

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ ।

नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ । अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ सिजनमा कोचका रुपमा रहने छैनन् । उनीहरुका ठाउँमा उदय सोताङ र मिलन नेवार भित्रिएका छन् । उदय र मिलनलाई कोचका रुपमा अनुबन्धित गरिएको छ ।

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका राजेशपायल राई पनि नयाँ संस्करणमा दोहोरिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट