‘बुलाकी’को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन २९ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीत ‘नाच सुवा नाच’मा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमाको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

चलचित्र बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

https://www.youtube.com/watch?v=tonahCNxSSA&ab_channel=MusicDotCom

धेरै पढिएका

पछिल्ला अपडेट