डोरबहादुर विष्टको जीवनीमा आधारित ‘म अलप हुन चाहन्छु’ डकुमेन्ट्री बन्न १० वर्ष लाग्यो

रंग नेपाल २०७९ फागुन २८ मा प्रकाशित

काठमाडौं । निर्देशक सचिन घिमिरेले मानवशास्त्री डोरबहादुर विष्टको ‘पर्सनल’ र ‘प्रोफेसनल’ जीवनीमा आधारित डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’ तयार हुन १० वर्ष लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा आजोजीत ‘म अलप हुन चाहन्छु’ डकुमेन्ट्रीको विषेश कार्यक्रममा बोल्दै निर्देशक ढकालले यसको तयारीको लागि १० वर्ष लागेको भन्दै विष्टलाई सबैमाझ चिनाउनको लागि डकुमेन्ट्री बनाईएको बताएका हुन् ।

‘१० वर्षपछि मात्र यो डकुमेन्ट्रीको काम पूरा भएको थियो । अनुसन्धान र सामग्री जुटाउन धेरै समय लागेको र विष्टका पुराना अडियो–भिडियो टेप नेपालमा भन्दा बाहिर धेरै भएको कारण डकुमेन्ट्री बन्न लामो समय लागेको हो । डोरबहादुर को हुन्, उनले के के गरे भनेर सोध्दा कसैलाई थाहा छैन् त्यही कुराले मलाई छोयो र उहाँलाई चिनाउनकै लागि यो डकुमेन्ट्री बनाईएको हो ।’

नेपालमा मानवशास्त्रीय अध्यन–अनुसन्धानको जग बसालेका विष्टले हाम्रो जातीय–सांस्कृतिक विविधताबारे पुस्तक र थुप्रै अनुसन्धानमूलक लेख लेखेका छन् । तर, डोरबहादुर को हुन्, उनले के के गरे भनेर खोज्दा केही नपाईने जसका कृति पढ्ने तर व्यक्ति थाहा नहुने भएकाले विष्टकै जीवनमा आधारित डकुमेन्ट्री बनाईएको निर्देशक घिमिरेको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट