‘धोकेबाज हौ तिमि’ कलियुगको मन्त्र बनेको छः शिव परियार

रंग नेपाल २०७९ फागुन २७ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय भाइरल बनेको गीत हो ‘धोकेबाज हौ तिमि’ । गीतको गायिका हुन् एलिना चौहान ।

करिब २ वर्ष अघि सार्वजनिक भएको यो गीत अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

यसैबीच गायक शिव परियारले ‘धोकेबाज हौ तिमि’ बोलको गीत कलियुगको मन्त्र बनेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यो गीत गाउँने बित्तिकै सुसुप्त रुपमा मुटु भित्र लुकेर बसेको असन्तुष्टि मिश्रित पीडा रौद्र रुपमा बाहिर निस्कने गरेको पाइएको उल्लेख गरेका छन् ।

उनले आफु भित्र भएको पीडा गीत सुनेर गीतमा झुमेर बाहिर निकाल्दै मनलाई आनन्द र शान्ति दिन सकिन्छ भने अरु के चाहियो भन्दै प्रश्न समेत गरेका छन् ।

गायक परियारले भनेका छन्ः

‘धोकेबाज हौ तिमि’ अब गीत मात्र भएन | यो एउटा कलियुगको मन्त्र बनेको छ | यो मन्त्र गाउँने बित्तिकै सुसुप्त रुपमा मुटु भित्र लुकेर बसेको असन्तुष्टि मिश्रीत पिडा रौद्र रुपमा बाहिर निस्कने गरेको पाईएको छ | आफु भित्र भएको पिडा गीत सुनेर गीतमा झुमेर बाहिर निकाल्दै मनलाई आनन्द र शान्ति दिन सकिन्छ भने अरु के चाहियो | यो मन्त्रले सबैका मनलाई शान्ति आनन्द मिलोस |

धेरै पढिएका

पछिल्ला अपडेट