गीतकार सरला मिलन र लक्ष्मणको ‘अधिकार बाँडिदेउ’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन २६ मा प्रकाशित

काठमाडौं । कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता ‘अधिकार बाँडिदेउ’को अडियो भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको दिनमा नेपाल चलचित्र विकाश बोर्डमा आयोजित कार्यक्रममा अधिकार बाडिदेउ शिर्षकको गीतलाई सार्वजनिक गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थितीमा सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका मिलन नेवारको स्वर लक्ष्मण पोखरेलको संगीत रहेको छ । वि.स. २०४४ सालमा प्रकाशित कविता संग्रह यात्रा शुभारम्भमा संकलित कवितालाई संगीतकार लक्ष्मण पोखरेलले सरल संगीतमा गीत तयार पारेका हुन् भने गायिका मिलन नेवारले गीत र संगीतको भावलाई मिठास तरीकाले स्वर दिएकी छन् ।

छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गरौ छोरीलाई पनि छोरा समान हक र अधिकारबाट बन्चित नगरौ भन्ने सन्देश बोकेको गीतलाई वरिष्ठ संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष तथा वरिष्ठ गीतकार वशन्त वित्यासी थापाले एक भव्य समारोहकाबीचमा गीतलाई सार्वजनिक गरेका थिए ।

उक्त अवसरमा संगीतकार राजु सिंहले नेपाली संगीतले धेरै पछि एउटा कालजयी गीत पाएको र सांगीतिक क्षेत्रले एक उदयमान संगीतकार जन्माएकोमा खुसी व्यक्त गरेका थिए । गीतकार संघका अध्यक्ष वशन्त वित्यासी थापाले अधिकार बाडिदेउ गीतबाट नेपाली गीत संगीतले एक पटक फेरी सुन्दर सिर्जन पाएकोमा गीतकार संगीतकार गायिकालाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसै गीतकी गीतकार सरला श्रेष्ठ भिडियो सन्देश मार्फत अतिथिहरुलाई स्वागत र गीतको बारेमा धारणा राखेकी थिईन । संगीतकार लक्ष्मण पोखरेल गीत तयार पार्दको रमाईला अनुभव र अनुभुति सुनाएका थिए । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा कलाकारहरुलाई खाजा लगाएर सम्मान गरिएको थियो ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ किशोर थापाको मिक्सिङ रहेको छ । एवान म्युजियनका रेर्कर्ड भएको गीतलाई ओम प्रकाश अवस्थीले लेखन सम्पादन र निर्देशन गरेका हुन् । अमृता श्रेष्ठ सुमित्रा अधिकारी प्रशान्त हुमगाई सुक्रीत खतिवडा स्यारोन खतिवडाको अभिनय रहेको छ । म्युजिक भिडियोमा रक कौशल छायाकन अनिमेश गुरुङको मेकअफ लक्ष्मण भण्डारी राज घिसिङको प्रोडक्सन रहेको गीतलाई एसएस कृयशनले बजारमा ल्याएको हो ।

गीतकार सरला श्रेष्ठको प्रस्तुती रहेको गीत एसएस कृयशन युटुव च्यानलबाट प्रशारण गरिएको छ । उक्त गीतले हाम्रो समाजमा व्याप्त छोरा र छोरीको विभेदलाई अन्त्य गर्न थप मद्दत पुग्ने आशा राखेको गीतकार सरला श्रेष्ठले राखेकी छन् । गायिका मिलन नेवार पनि उक्त गीतबाट आफुले धेरै पछि एउटा राम्रो सृजनामा जोडिना पाएकोमा खुसी लागेको बताउछिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट