अभिनेत्री करिष्मा मानन्धरको उजुरीपछि पक्राउ परेका डिल्लीराम रिहा

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका डिल्लीराम खनाल रिहा भएका छन् । उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले खनाललाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी धरौटी रकम बुझाएर मंगलबार रिहा भएका हुन् ।

एक युट्युब अन्तरवार्तामा खनालले करिष्मा अमेरिकामा एक व्यक्तिसँग लिभिङ् टुगेदरमा बसेको भन्ने अभिव्यक्ति दिएका थिए । उनी फागुन ५ गते पक्राउ परेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट