पूर्व कप्तान पारसलाई मनास्लु खेलकुद सम्मान

रंग नेपाल २०७९ फागुन १५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई मनास्लु खेलकुद सम्मान प्रदान गरिएको छ ।

आज सोमबार मनास्लु वल्र्ड स्कुल÷कलेजले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान गरेको भन्दै पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।

सो अवसरमा वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको थियो । त्यसै अवसरमा मनास्लु वल्र्ड कजेजका एकेडेमिक हेड शशि केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट