ओस्कारमा ‘क्राइसिस टिम’को घोषणा

रंग नेपाल २०७९ फागुन १३ मा प्रकाशित

एजेन्सी ।  ओस्कार अवार्डको ९५औँ संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा गरिएको छ ।

१२ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुने अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ घोषणा गरेका हुन् ।

अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबीच भएको घटनालाई ध्यानमा राखेर ‘क्राइसिस टिम’ गठन गरिएको हो । यसको उद्देश्य हो, अवार्डका क्रममा विवादित घटनालाई व्यवस्थित गर्नु हो ।

गत वर्षको ओस्कारमा स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका थिए । स्मिथ र क्रिस रकको घटनापछि एकेडेमी ओस्कारमा हुने धेरै कुरामा सचेत भएको जनाइएको छ ।

सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा फुकालेर सरकारविरुद्ध विरोध जनाएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट