‘मैँ राजा तिमी रानी’मा हिमाल सागर र मिस पवी

रंग नेपाल २०७९ फागुन १३ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएको छ । गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको सङ्गीत र एरेन्ज छ ।

भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको रोमान्टिक अभिनय देख्न सकिन्छ । जसमा एक जोडीको सफल प्रेम कथालाई देखाएको छ । उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको गीतको मिक्स र मास्टरिङ पुष्कर खत्रीले गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको भिडियो धुलिखेल आसपासका रमणीय स्थानमा छायाङ्कन गरिएको हो । शम्सेर श्रेष्ठले निर्माण गरेको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट