साउथ सुपरस्टार रामचरण किन हिँडिरहेका छन् खाली खुट्टा ?

रंग नेपाल २०७९ फागुन १२ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता रामचरण तेजा अहिले कालो पहिरन र खाली खुट्टामा हिँडिरहेका छन् ।

उनी जता जाँदा पनि खोली खुट्टा र कालो कपडामा देखिन्छन् । केही दिनअघि ९५ औं अस्कर अवार्डमा सहभागी हुन हैदराबाद एयरपोर्ट पुगेका उनी कालो कपडा र खाली खुट्टामा नै थिए । राम चरण हरेक वर्ष केरलाको सबरीमाला मन्दिरको भ्रमण गर्नुभन्दा अघि ४१ दिनसम्म यस्तै पहिरनमा देखिन्छन् । उनी स्वामी अयप्पाका भक्त हुन्।

अयप्पाकै मार्गदिशालाई पालना गर्दै उनले व्रत समेत राखेका छन् । यो व्रत लिनेहरूले ४१ दिनसम्म कालो लुगा लगाउने, खाली खुट्टा हिँड्ने, शाकाहारी भोजन गर्ने र ब्रह्मचार्य पालना गर्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट