प्रकाश र मेलिनाको ‘जुन माया’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन १२ मा प्रकाशित

काठमाडौं । लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत ‘जुन माया’ सार्वजनिक गरेका छन् । कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ ।

गीतलाई प्रकाशले आफ्नो सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेलका रूपमा स्रोता एवम् दर्शकसामु पेस गरेका हुन् । उनकै शब्द एवं सङ्गीत रहेको गीतमा सङ्गीत संयोजनको काम श्यामश्वेत रसाइलीको छ ।

भिडियोमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत छन् । प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

मौसम हिमालीको निर्देशन, अनिल के. मानन्धरको छायाङ्कन रहेको ‘जुन माया’ भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट