शाहरुख पठान–२ का लागि सहमत

रंग नेपाल २०७९ फागुन ९ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान लामो समयपछि फिल्म पठानबाट फेरि चर्चामा आएका छन् । यस फिल्मले भारतमा मात्र तेस्रो सातासम्ममा ५ सय ११ करोडको व्यापार गरेर अहिलेसम्मकै उच्च कमाइको रेकर्ड बनाएको छ ।

यस फिल्मले सर्वाधिक सफलता हाँसिल गरेपछि यतिबेला उनलाई पठानको निर्माण टिमले पठान–२ बनाउन प्रस्ताव गरेको छ । यसअघि पठान–२ नबनाउने बताएका शाहरुख यतिबेला भने पठान–२ का लागि तयार भएका छन् । ‘दर्शकबाट पठान–२ का लागि अत्यधिक माग आएको छ,’ शाहरुखले भनेका छन्, ‘हुन त हामीले पठान–२ मा अहिलेसम्म सोचेका थिएनौं तर दर्शकबाटै व्यापक माग आएका कारण हामी पठान–२ को पक्षमा छौं ।’

उनले आफ्ना दुई फिल्म डंकी र जवानको काम सकेपछि पठान–२ मा काम गर्ने विचार व्यक्त गरेका छन् । यस फिल्मले अझै पनि देश विदेशमा व्यापार गरिरहेको छ । फिल्मले विश्वव्यापी रूपमा हजार करोडको व्यापार गर्न लागेको वितरण पक्षले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट