शाहरुख खानविरुद्व उजुरी दिने फ्यानको धम्की

रंग नेपाल २०७९ फागुन ९ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय आस्क एसआरके सेसनमार्फत आफ्ना फ्यानसँग अन्तरक्रिया गरिरहेका छन् ।

जसमा उनका फ्यान निकै रमाइरहेका छन् । अन्तरक्रियाका क्रममा फ्यानले शाहरुखलाई रोचक प्रश्न गर्ने गरेका छन् । शाहरुख पनि रमाइला उत्तर दिन्छन् ।

यसै क्रममा शाहरुखलाई एक फ्यानले ठट्टा गर्दै उनीविरुद्ध एफआईआर दर्ता गर्ने धम्की दिएका थिए । जसमा शाहरुखले पनि मीठो जवाफ दिएका छन् । उनका एक फ्यानले भनेका छन्, ‘खान साहब ! म तपाईंविरुद्ध एफआईआर दर्ता गर्न जाँदै छु । यो केटाले झूट बोल्छ कि ऊ ५७ वर्षको हो ।’

जसमा शाहरुखले जवाफ दिएका छन्, ‘कृपया यसो नगर्नुहोस्, म ३० वर्षको भएको मात्रै स्वीकार गर्छु । अब मैले तपाईंलाई सत्य भनेको छु, त्यसैले मेरो अर्को फिल्मको नाम जवान हुनेछ ।’

धेरै पढिएका

पछिल्ला अपडेट