विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

रंग नेपाल २०७९ फागुन ८ मा प्रकाशित

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।

केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  थाईल्याण्डबाट नेपाल आएका रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट