प्रेमाको ‘मन मनमा’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन ८ मा प्रकाशित

काठमाडौं ।  आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक गरिएको छ ।

गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्तकै संगीत छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख दुई पात्र अरुण क्षेत्री र शुभेक्षा खड्का फिचर्ड छन् ।

वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धजस्ता आकर्षक पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतमा अरुण र शुभेक्षाबीचको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ ।

गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ । गीतका अधिकांश दृश्यमा मठ मन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट