एमाले अध्यक्ष केपी ओलीको गीतमा विद्यार्थीको प्रस्तुति

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेको गीतमा विद्यार्थीले प्रस्तुति दिएका छन् ।

काठमाडौं उपत्यका विभिन्न नौ विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत छात्र, छात्राले एमाले अध्यक्ष ओलीद्वारा लिखित ‘म मेरो देश बनाउँछु’ बोलको एरोविक प्रस्तुत गरेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीद्वारा रचित सो गीतमा अमुल कार्कीको संगीत छ ।

धेरै पढिएका

पछिल्ला अपडेट